Section 7S
शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदन दिनु पर्ने
(१) सूचक संस्थाले ग्राहक, कारोबार वा सम्पत्तिको सम्बन्धमा देहायको अवस्था विद्यमान भएमा तीन दिनभित्र यथासक्य चाडो वित्तीय जानकारी इकाईलाई शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदन दिनु पर्नेछः– (क) कुनै सम्पत्ति सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर वा अन्य कसूरसँग सम्बन्धित भएको शंका लागेमा वा शंका गर्नु पर्ने मनासिब आधार भएमा, वा (ख) कुनै सम्पत्ति आतंकवादी कार्य, आतड्ढकारी व्यक्ति वा आतंकवादी संगठन वा आतड्ढवादी कृयाकलापमा वित्तीय लगानीसग सम्बन्धित वा जोडिएको वा त्यस्तो कार्यमा वा त्यस्तो व्यक्ति वा संगठनबाट प्रयोग हुन सक्ने शड्ढा लागेमा वा शड्ढा गर्नु पर्ने मनासिब आधार भएमा । (२) सूचक संस्थाले उपदफा (१) बमोजिमको शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदन ग्राहकले कुनै कारोबार गर्ने प्रयास मात्र गरेमा समेत दिनु पर्नेछ । (३) शंकास्पद कारोबार पहिचान गर्ने थप आधार, शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदनको ढाँचा, पद्धति तथा कार्यविधि वित्तीय जानकारी इकाईले तोकिदिए बमोजिम हुनेछ ।